रेनु र विजयको मतान्तर ५५ सय, जगन्नाथले पुर्‍याए १० हजार मत

NAWALPUR TIMES
प्रकाशित : २०७९ जेठ ७ गते ११:२७
रेनु र विजयको मतान्तर ५५ सय, जगन्नाथले पुर्‍याए १० हजार मत

चितवन । भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी उमेदवा रेनु दाहालले निकटतम प्रतिस्प्रर्धीसँगको मतान्तर निरन्तर फराकिलो बनाउँदै लगेकी छन् । उनले एमालेका विजय सुवेदीलाई ५ हजार ५१८ मतले पछि पारेकी छन् ।

अहिलेसम्म ७३ हजार ७८७ मतगणना भएको छ । जसमा रेनुले २८ हजार ६०८ मत र  विजयले २३ हजार ९० मत प्राप्त गरेका छन् ।

जगन्नाथ पौडेलले १० हजार १३ मत पाएका छन् ।

उपमेयरमा चित्रसेन अधिकारी ३० हजार ९०१ र हिमला गुरुङले १७ हजार ९२० मत प्राप्त गरेकी छन् ।

प्रकाशित : २०७९ जेठ ७ गते ११:२७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI