कम्पनीको आधिकारिक प्रतिनिधि बताउदै ठगी धन्दा चलाउने दुई जना अमरापुरीबाट पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७९ जेठ १७ गते १९:१३
कम्पनीको आधिकारिक प्रतिनिधि बताउदै ठगी धन्दा चलाउने दुई जना अमरापुरीबाट पक्राउ

नवलपुर । आफुलाई कम्पनिको आधिकारीक प्रतिनिधि बताउँदै ठगि गरिरहेको अवस्थामा गैंडाकोट नगरपालिकाको अमरापुरीबाट एउटा ठग गिरोह पक्राउ परेको छ । गैंडाकोट नगरपालिका वडा नं. १५ अमरापुरी स्थित १६ नंं. चोकमा ठगि धन्दा गर्दा गर्दै रङगेहात पक्राउ परेको स्थानीय होटल सन्चालक नारायणप्रसाद गौतमले जानकारी दिनुभएको छ । पक्राउ पर्नेमा ललितपुर स्थित संखु–५ बस्ने भाजुराम थापा मगर र काठमाडौं शेषनारायण ८ बस्ने नवराज पौडेल रहेको अस्थाई प्रहरी पोष्ट गैंडाकोट – १३, बेल्डियाले जनाएको छ ।

उनीहरुले यस क्षेत्रका सिधा सोजा व्यवसायीलाई झुक्याएर विभिन्न प्रलोभनमा पार्दै हैरान पारेको होटल सन्चालकले प्रहरी समक्ष उजुरी दिएका छन् । उनीहरुले होटल व्यवसायीहरुलाई आफुहरु कम्पिनको आधिकारी व्यक्ति भएको र आफुहरुले व्यवसायीलाई फ्रिज दिन्छु, टेलिभिजन दिन्छु, गिलास, ओपनर आदि जस्ता सामग्री निशुल्क दिन्छु बदलामा केहि सामान खरिद गर्नुस्, त्यसका निम्ति अग्रिम रकम माग्दै ठगि गर्ने गरेको व्यवसायीले बताएका हुन । ठगहरुले करिब १८ जना स्थानीय व्यवसायीलाई ठगि गरेका विभिन्न बीलसमेत सार्वजनिक भएका छन् । स्थानीय नारायणप्रसाद गौतमलाई समेत करिब ६ महिना पहिले समेत ५४०० रुपँया ठगि गरेको सार्वजनिक भएको छ । पक्राउ परेका उनिहरुलाई अहिले इलाका प्रहरी कार्यालय गैंडाकोट ल्याउने तयारी भएको जनाइएको छ ।

प्रकाशित : २०७९ जेठ १७ गते १९:१३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI