नवलपुरमा निर्वाचन सुरक्षा विशेष योजना लागु

NAWALPUR TIMES
प्रकाशित : २०७९ कार्तिक ३ गते २०:५७
नवलपुरमा निर्वाचन सुरक्षा विशेष योजना लागु

कावासोती । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सुरक्षाका लागी नवलपुरमा निर्वाचन सुरक्षा विशेष योजना लागु भएको छ ।

निर्वाचन लाई स्वच्छ र भय रहित वातावरणमा सम्पन्न गर्न चार वटै सुरक्षा निकायलाई एकिकृृत गरी परिचालन गर्ने गरी सुरक्षा विशेष योजना लागु गरिएको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिनुभयो ।

जिल्लामा १ सय १३ मतदान स्थल मध्ये ६३ वटा सामान्य,१३ वटा अतिसंवेदनशिल र ३७ ओटा संवेदनशिलको सुचिमा छन् । सशस्त्र र जनपथ प्रहरी, राष्ट्रिय अनुसन्धान र नेपाली सेनाले विशेष फोर्स स्थापना गरेर निर्वाचनको सुक्ष्म रुपमा विश्लेषण गरी सुरक्षा प्रदान गर्ने प्रजिअ घिमिरेले बताउनुभयो । प्रजिअ घिमिरेका अनुसार निर्वाचनलाई निष्पक्ष र भय रहित तरिकाले सम्पन्न गर्न मतदान पूर्व, मतदानको दिन र मतदान पछिको परिणणम घोषणा र विजय र्‍याली सम्मका लागी ३ चरणको सुरक्षा योजना बनाईएको छ ।

मतदान पूर्व उम्मेदवारले मनोनयन दाखिला गरेको दिन देखि उम्मेदवार, निर्वाचनका कर्मचारी मतदान सामाग्रीको र दलहरुले गर्ने प्रचार प्रसारको लागी पहिलो चरणको सुरक्षा योजना बनाईएको छ । दोस्रो चरणमा मतदानको दिन चार ओटै सुरक्षा निकायलाई एकतृत गरी परिचालन गर्ने गरी सुरक्षा विशेष योजना सन्चालन गरिने प्रजिअ घिमिरेले बताउनु भयो ।

प्रजिअ घिमिरेको अनुसार नेपाल प्रहरी बाहेक सशस्त्र प्रहरीको प्रहरी उपरीक्षकको कमाण्डमा एक निर्वाचन क्षेत्रमा एउटा टोली खटाईने र आवश्यक परे बढिमा २५ मिनेट भित्र नेपाली सेनाको टोली मतदान स्थलमा पुग्ने गरि सुरक्षा योजना बनाईएको छ ।

मतदान सम्पन्न भए पछि सुरक्षित तरिकाले मतपेटीका गणनास्थल सम्म पुर्‍याउने, मतगणना स्थल रमतगणना गर्ने कर्मचारी र उम्मेदवारको सुरक्षा र मतपरिणाम आए पछि दलहरुले विजयी र्‍यालीका लागी तेस्रो चरणको सुरक्षा व्यवस्था मिलाईएको प्रजिअ घिमिरेले बताउनु भयो ।

त्यस्तै प्रजिअ घिमिरेका अनुसार निर्वाचन आचारसंहिता पुर्णरुपमा पालना गराउन पनि मुख्य निर्वाचन अधिकृतको नेतृत्वमा रहेको आचारसंहिता अनुगमन समितिले सुक्ष्म निरिक्षण गरिरहेको छ ।

साथै यस चुनावको समयमा मदिरा विक्रि वितरण रोक्ने काम गृहमन्त्रालयको निर्देशन अनुसार अगाडी बढेकको जानकारी दिदै प्रजिअ घिमिरेले मदिरा बिकी वितरणबाट निर्वाचनमा आउन सक्ने समस्या प्रति आफुहरु सचेत रहेको बताउनु भयो ।

प्रकाशित : २०७९ कार्तिक ३ गते २०:५७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI