काेईरालाद्वारा बुटवल नारायणघाट सडक अबिलम्व बनाउन चाईना कम्पनीको ध्यानाकर्षण

NAWALPUR TIMES
प्रकाशित : २०७९ कार्तिक ३ गते २१:५८
काेईरालाद्वारा बुटवल नारायणघाट सडक अबिलम्व बनाउन चाईना कम्पनीको ध्यानाकर्षण

कावासाेती । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं नवलपुर क्षेत्र १ का निवर्तमान सांसद एवं प्रतिनिधि सभा सदस्यका उम्मेदवार डा.शशांक काेईरालाले चाईना स्टेट ईन्जिनियर कर्पोरेसनका प्रतिनिधिसंग बिहिबार भेटेर नारायणघाट बुटवल सडकको काम तत्काल अगाडि बढाउन ध्यानाकर्षण गराएका छ्न ।

पूर्व पश्चिम राजमार्गकाे ठेक्का लिएर लामाे समय सम्म काम नसकेकाे चाईना स्टेट कर्पोरेसनकाे मुख्य कार्यालय कावासाेती पुगेर डा. काईरालाले कम्पनीकाे पछिल्लाे गतिबिधीका बारेमा जानकारी लिएका हुन । भेटमा कम्पनीका दक्षिण एसिया निर्देशक एवं नेपाल प्रमुख सुयाङ्गले चाईनाबाट आएका नयां विभागीय टिमका साथ कम्पनी निर्माणमा जुटेकाे बताए ।

सुयांङ्गले कम्पनि र सडक बिभाग बिच भएकाे सहमति अनुसार कामकाे प्रगति बढाउन दिएकाे समयमा केही काम भएकाे बताउदै पछिल्लाे मनसुनि वर्षा र चाडबाडले बाधा सिर्जना भएकाे जिकीर गरे । “हामीले कम्पनीकाे आन्तरिक व्यवस्थापनमा व्यापक सुधार गरि आवश्यक उपकरण र जनशक्ति थप गरेर कामका लागि अघि बढेका छाैं” सुयांङ्गले भने । सुयांङ्गका अनुसार आफुहरूले माग गरेकाे ७ सय ३० दिनकाे थप समय सिमा भित्र अन्तर्राष्टिय स्तरकाे नमूना सडक निर्माण गर्न कम्पनी प्रतिबद्ध रहेको छ ।

यस अघिकाे कामकाे ढिलाईका सम्बन्धमा सुयांङ्गले थप संख्याका रूख बिरुवा हटाउन, बिद्युत पाेल सार्न देखिएकाे समस्या र काेभिड नै प्रमुख कारक रहेकाे बताए । सुयांङ्गले सडक निर्माणकाे कामले २० प्रतिसत पार गरेकाे, अधिकांस साना कलभर्ट बनिसकेकाे, पूर्वकाे १० देखि १७ किमी सम्म माटाे फिलिङ्ग र साईडकाे काम भएकाे दाबी गरे ।

उनले पुर्वबाट १७ किलाेमिटर सम्म माटो फिलिङ्ग समेत भएको र त्यहाँबाट पश्चिम दाउन्ने सम्म सडकमा फिलिङ्ग गर्न माटाेकाे समस्या रहेकाेले स्थानीय निकायहरूसंग माटाे प्राप्तीका लागि पहल भईरहेकाेले माटाे पाएकाे ठाउमा काम छिटाे अघि बढ्ने बताए ।

प्रकाशित : २०७९ कार्तिक ३ गते २१:५८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI