नवलपुरमा बस दुर्घटना हुँदा २३ घाईते

NAWALPUR TIMES
प्रकाशित : २०७९ कार्तिक ६ गते ९:१२
नवलपुरमा बस दुर्घटना हुँदा २३ घाईते

कावासोती । नवलपुरमाको मध्यविन्दु नगरपालिका वडा नं ११ मा गए राती बस दुर्घटना हुदाँ२३ जना घाइते भएका छ्न ।

पूर्व-पश्चिम राजमार्गमा काठमाण्डौ बाट धनगढी तर्फ जाँदै गरेको ना ७ ख ४१५ नं.को बसको ब्रेकफेल भई सडकको दाहिने तर्फ पल्टिदा बसमा सवार ५० जना मध्ये २३ जना घाईते भएका जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी उपरीक्षक सन्तोष पाठकले बताउनु भयो ।

दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल लगिएको १८ जना घाईते सामान्य उपचार पछि डिस्चार्ज भएका र जनालाई थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर रिफर गरिए र बस चालक प्रहरी नियन्त्रणमा रहेको पाठकले बताउनु भयो ।

पाठकका अनुसार घाइतेहरु सुर्खेत विरेन्द्रनगर-१२ का प्रकाश सुनार, कैलालीको केलाली गाँउपालिका-९ का श्याम चौधरी, कन्चनपुर बेलौरी नगरपालिका-२ का विरेन्द्र नेपाली, कैलाली धनगढी उपमहानगरपालिका १३का सन्तोष भट्ट र निर्मला जोशीलाई थप उपचारका लागि पुरानो मेडिकल कलेज पठाईएको हो ।

प्रकाशित : २०७९ कार्तिक ६ गते ९:१२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI