पुर्वी नवलपरासीमा पहिलो पटक छाला प्रत्यारोपण

NAWALPUR TIMES
प्रकाशित : २०७९ कार्तिक ८ गते १२:०५
पुर्वी नवलपरासीमा पहिलो पटक छाला प्रत्यारोपण

कावासोती । पुर्वी नवलपरासीमा पहिलो पटक छाला प्रत्यारोपण भएको छ ।

गत भदौमा आगोमा पोलिएका बिरामीको मध्यविन्दु जिल्ला अस्पतालमा पहिलो पटक छाला प्रत्यारोपण गरिएको हो । बुलिङटार-४ सिंचाङका ५१ बर्षीय तुलबहादुर सार्कीको आगोमा परेर पोलिएको दाहिने हातको निशुल्क छाला प्रत्यारोपण गरिएको अस्पतालका जनरल सर्जन डा. अर्चन घिमिरेले बताए ।

पहाडी भेगका विपन्न समुदायका उनको शल्यक्रिया भएपछि परिवारमा खुसी छाएको छ । उनकी श्रीमती पदमकुमारी सार्कीले भनिन्– ‘हामीलाई त पोलेको घाउ कसरी सन्चो होला भनेको त छाला समेत राम्रो हुन्छ भन्दा खुसी छौं, अस्पतालबाट गाउँ जादा सबै खुसी हुन्छन् होला’।

हातको कुहिनो ( एल्बो) एरियामा पोलेको थियो विकट पहाडी बुलिङटार गाउँका अती विपन्न समुदायका ब्यक्ति भएकाले अस्पतालको सामाजिक सेवा इकाइ मार्फत उनको सम्पुर्ण खर्च निशुल्क हुने गरी उपचार गरिएको सर्जन घिमिरेले बताउनु भयो ।

जिल्लामा सरकारी र नीजि क्षेत्रका स्वास्थ्य संस्थाबाट पहिलो पटक छाला प्रत्यारोपण गर्न अस्पताल सफल भएको हो ।

जनरल सर्जन डा. अर्चन घिमिरे, डा. कमलराज न्यौपाने, डा. जितेन्द्र कण्डेलको टीमले शल्यक्रिया मार्फत छालाको प्रत्यारोपण गरेको थियो । जिल्ला अस्पतालबाट शल्यक्रियाको सेवा सुरु भएपछि यहाँका नागरिकले सेवा पाएका छन् ।

प्रकाशित : २०७९ कार्तिक ८ गते १२:०५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI