मिठा कुरामा नभुलौं,विकाश गर्नेलाई चुनौं : महामन्त्री लामिछाने

NAWALPUR TIMES
प्रकाशित : २०७९ कार्तिक १४ गते १८:०६
मिठा कुरामा नभुलौं,विकाश गर्नेलाई चुनौं : महामन्त्री लामिछाने

कावासोती । नेपाली कांग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णु प्रसाद लामिछानेले नवलपुर क्षेत्र नं २ का मतदातालाई चिल्ला र मिठा कुरामा नभुलि विकास गर्न सक्ने गठबन्धनका उम्मेदवारलाई मत दिन आग्रह गरेका छ्न ।

सोमबार कावासोतीको वडा नं ३ मा लोकतान्त्रिक वाम गठबन्धनको वडा सम्पर्क कार्यालय उदघाटन गर्दै महामन्त्री लामिछानेले यस्तो बताएका हुन । नवलपुर क्षेत्र नं २ का एमालेका उम्मेदवार तिलक महत तर्फ ईकिंत गर्दै लामिछानेले मिठा कुरा गर्ने तर काम नगर्ने उम्मेदवारलाई मत हाल्न नहुने बताउदै व्यक्तिगत लगानिमै विकाशको अभियान अगाडि बढाएका गठबन्धनका उम्मेदवार विष्णु कुमार कार्कीलाई मतदान गरेर जिताउन मतदातासँग अपिल गरेका हुन ।

एमालेले व्यवस्था विरोधीसँग अपवित्र गठबन्धन गरेकाले पनि लोकतान्त्रिक वाम गठबन्धननै अहिलेको आवश्यकता भएकाले संविधान र व्यवस्था जोगाउनका लागि पनि गठबन्धनका उम्मेदवारहरुलाई जिताउनुको विकल्प नरहेको लामिछानेको भनाई थियो ।

कार्यक्रममा बोल्दै नवलपुर क्षेत्र नं २ का लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार विष्णु कुमार कार्कीले आफू निर्वाचित भए हेल्लो सांसद कार्यक्रम सुरु गरेर यस मार्फत जनताका समस्यालाई तत्काल सम्बोधन गर्ने बताए । लामो समय देखि यस क्षेत्रका जनता बिकाशका भोका छन भन्दै कार्कीले आफु निर्वाचित भएको दिन देखिनै बिकाश र समृद्धिको अभियान थालनी गर्ने बताए ।

कार्यक्रममा प्रदेश सभा २ क प्रत्यक्ष तर्फका उम्मेदवार सोम सिर्पाली, समानुपातिक उम्मेदवार मोति रिजाल,भरत तिवारी, एक नारायण शर्मा, र नेताहरु अमृत श्रेष्ठ,कोषराज कार्की लगायतले सम्बोधन गरेका थिए ।

प्रकाशित : २०७९ कार्तिक १४ गते १८:०६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI