नवलपुर कांग्रेसद्वारा बागी उम्मेदवार, प्रस्तावक र सर्मथक सहित १५ जना निलम्बन

NAWALPUR TIMES
प्रकाशित : २०७९ कार्तिक १६ गते १६:३७
नवलपुर कांग्रेसद्वारा बागी उम्मेदवार, प्रस्तावक र सर्मथक सहित १५ जना निलम्बन

कावासोती । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध उम्मेदवारी दिएका उम्मेदवार सहित १५ जनालाई नेपाली कांग्रेस नवलपुरले साधरण सदस्य समेत नरहेने गरि निलम्बन गरेको छ ।

नेपाली कांग्रेस पूवी नवलपरासीको अनुशासन समितिको बैठकले पार्टीको आधिकारिक उम्मेदवार विरुद्ध उम्मेदवारी दिएका उम्मेदवार, उम्मेदवारका प्रस्तावक र समर्थक र पार्टीको क्रियाशिल सदस्य भई फरक दलबाट उम्मेदवार बनेका सहित १५ जनालाई पार्टीको विधानको परिच्छेद ९ को ३४, १ को घ बमोजिम साधारण सदस्य समेत नरहने गरी निलम्बन गएिको नेपाली कांग्रेस नवलपुरको अनुशासन समितिका संयोजक उदयराज अर्याले जानकारी दिनु भयो ।

निलम्बनमा पर्नेहरुमा राप्रपाबाट प्रतिनिधि सभा क्षेत्र नं १ मा उम्मेदवार बनेका डा. मोहनीलाल भुसाल, स्वतन्त्र उम्मेदवारी दिएका चित्रध्वज जिसी, रुक्मागत चापागाई, राजेन्द्रप्रसाद उपाध्याय, बद्री काप्री, यामनाथ बस्ताकोटी, गणेशप्रसाद पोख्रेल र रामचन्द्र भण्डारी सहित उनीहरुका प्रस्तावब र सर्मथक रहेका संयोजक अर्यालले बताउनु भयो ।

प्रकाशित : २०७९ कार्तिक १६ गते १६:३७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI