नेपालले २०२७ को महिला युवा क्रिकेट विश्वकप आयोजना गर्ने

NAWALPUR TIMES
प्रकाशित : २०७९ कार्तिक २७ गते ११:५८
नेपालले २०२७ को महिला युवा क्रिकेट विश्वकप आयोजना गर्ने

काठमाडौं । नेपालले सन् २०२७ को यू–१९ महिला क्रिकेट विश्वकपको आयोजना अधिकार पाएको छ । विश्व क्रिकेट काउन्सिल (आईसीसी)ले आइतबार नेपाल र बंगलादेशले संयुक्त रूपमा यू–१९ विश्वकप आयोजना गर्ने जनाएको हो ।

आईसीसीले जिम्बाब्वे, नामिबिया, मलेसिया, थाइल्यान्ड, बंगलादेश र नेपालले सन् २०२४ देखि २०२७ सम्मको यू–१९ विश्वकपको आयोजना अधिकार पाएको उल्लेख गरेको छ

आईसीसीका अनुसार जिम्बाब्वे र नामिबियाले २०२६ को यू–१९ पुरुष विश्वकपको आयोजना अधिकार पाएको जनाएको छ ।

यस्तै, २०२५ को यू–१९ महिला विश्वकप आयोजना अधिकार मलेसिया र थाइल्यान्डलाई दिइएको छ ।

नेपाल र बंगलादेशले संयुक्त रूपमा २०२७ को विश्वकपको आयोजना अधिकार पाएका हुन् । नेपालले क्रिकेटको कुनै पनि उमेर समूहमा विश्वकप आयोजना अधिकार पाएको यो पहिलोपटक हो ।

नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले विश्वकपका लागि नेपाल र बंगलादेशले संयुक्त रूपमा गरेको प्रस्ताव आईसीसीले पारित गरेको बताए ।

“नेपालले २०२७ को विश्वकप यू–१९ महिला आयोजना अधिकार पाएका हो । नेपाल र बंगलादेशले विश्वकपका लागि आईसीसीसमक्ष संयुक्त रूपमा प्रस्ताव गरेका थियौँ । अहिले आईसीसीले त्यसलाई पारित गरेको हो,” कार्यवाहक सचिव मल्लले बाह्रखरीसित भने ।

२०२४ को यू–१९ पुरुष विश्वकप भने श्रीलंकामा आयोजना हुने आईसीसीले जनाएको छ ।

प्रकाशित : २०७९ कार्तिक २७ गते ११:५८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI