टी–२० विश्व कप २०२२ विश्वकपको उपाधि इङ्ग्ल्यान्डलाई

NAWALPUR TIMES
प्रकाशित : २०७९ कार्तिक २७ गते १७:३३
टी–२० विश्व कप २०२२ विश्वकपको उपाधि इङ्ग्ल्यान्डलाई
टी-२० विश्वकप उपाधिका लागि पाकिस्तान र इंग्ल्याण्ड

नवलपुर – पाकिस्तानलाई हराउँदै इङ्ग्ल्यान्डले टी–२० विश्व कप २०२२ काे उपाधि जितेकाे छ । आज आइतवार मेलबर्नमा भएकाे फाइनल खेलमा इङ्ग्ल्यान्डले पाकिस्तानलाई पाँच विकेटले हरायाे ।

पाकिस्तानले दिएकाे एक सय ३८ रनकाे लक्ष्य इङ्ग्ल्यान्डले १९ ओभरमा पाँच विकेट गुमाएर भेटायाे । उसका लागि बेन स्टाेक्सले नटआउट ५२ र जाेस बटलरले २६ रन बनाए । बलिङतर्फ पाकिस्तानका हरिस रउफले दुई विकेट लिए ।

यसअघि पाकिस्तानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ३७ रन बनायाे । उसका लागि शन मसुदले ३८ र बाबर आजमले ३२ रन बनाए । बलिङतर्फ इङ्ग्ल्यान्डले साम करनले तीन तथा आदिल रशिद र क्रिस जाेर्डनले दुई/दुई विकेट लिए ।

याे उपाधिसँगै इङ्ग्ल्यान्डले टी–२० विश्व कपमा उपाधि सङ्ख्या दुई पुर्‍याएकाे छ । यसअघि सन् २०१० काे टी–२० विश्व कप फाइनलमा अस्ट्रेलियालाई सात विकेटले हराउँदै इङ्ग्ल्यान्डले उपाधि जितेकाे थियाे ।

प्रकाशित : २०७९ कार्तिक २७ गते १७:३३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI