पूर्वी नवलपरासीमा शैक्षिक अन्तरक्रिया सम्पन्न

NAWALPUR TIMES
प्रकाशित : २०७९ मंसिर २२ गते २०:३६
पूर्वी नवलपरासीमा शैक्षिक अन्तरक्रिया सम्पन्न

कावासोति-सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न विद्यालयका प्रधानाध्यापकहरुले प्राज्ञिक नेतृत्व कुशलता पूर्वक सम्पादन गर्नुपर्नेमा शैक्षिक सरोकारवालाहरुले जोड दिएका छन् ।
शिक्षा विकास तथा समन्वय इकाई पूर्वी नवलपरासीको आयोजनामा जिल्लाको नवजागरण माध्यमिक विद्यालय मध्यविन्दु-७, चोरमारामा सम्पन्न सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरुको जिल्ला स्तरीय बैठक एवं शैक्षिक अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरूले यस्तो बताएका हुन ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका संयोजक बाबुराम विश्वकर्माले शैक्षिक गुणस्तर सुधारमा विद्यालयका प्रधानाध्यापकको अहम भुमिका रहने भएकाले कुशल शैक्षिक नेतृत्व प्रदान गर्न जिल्लाका सबै प्रधानाध्यापकहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख रुद्र शर्माले सिकाई उपलब्धि सुधार गर्न विद्यालयहरुले ठोस कार्ययोजना निर्माण र कार्यान्वयन गर्नुपर्ने बताउँनुभयो । इकाई प्रमुख शर्माले सुशासन प्रबर्द्धनमा इकाई, स्थानीय तहहरु र विद्यालयहरुको साझा प्रयत्न गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसैबीच वि सं.२०७८ को एस इ इ परीक्षामा सहभागी भइ उत्कृष्ट नतिजा ल्यान सफल विद्यार्थी र उत्कृष्ट औषत जि. पि. ए . प्राप्त गरि जिल्लामा प्रथम द्वितीय र तृतीय स्थान हासिल गर्ने सामुदायिक र संस्थागत विद्यालयहरुलाई सम्मान समेत गरिएको शिक्षा विकास तथा समन्वय इकाई पूर्वी नवलपरासीका सूचना अधिकारी तिलक बहादुर खड्काले जानकारी दिनुभयो ।

प्रकाशित : २०७९ मंसिर २२ गते २०:३६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI