साफ यू–२० महिला च्याम्पियनसिप : फाइनल प्रवेशका लागि निर्णायक खेल खेल्दै नेपाल

NAWALPUR TIMES
प्रकाशित : २०७९ माघ २४ गते ९:५५
साफ यू–२० महिला च्याम्पियनसिप : फाइनल प्रवेशका लागि निर्णायक खेल खेल्दै नेपाल

कावासोती । साफ यू–२० महिला च्याम्पियनसिपमा आज (मंगलबार) नेपालले फाइनल प्रवेशका लागि भारतविरुद्ध खेल्दै छ । च्याम्पियनसिपको प्रबल उपाधि दाबेदारको रुपमा रहेको भारतलाई हराएमात्र नेपालले फाइनलमा स्थान बनाउनेछ ।

शुक्रबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपाल घरेलु टिम बंगलादेशसँग ३–१ ले पराजित भएको थियो । दोस्रो खेलमा भने नेपालले भुटानलाई ४–० ले हराएको थियो । च्याम्पियनसिपको फाइनल पुग्न आज नेपाल जित्नैपर्ने दबाबमा छ ।

बंगलादेशको ढाकामा नेपाली समयानुसार दिउँसो २ः४५ बजेदेखि खेल सुरु हुनेछ । पहिलो खेलमा भुटानमाथि १२–० को फराकिलो जित निकालेको भारतले दोस्रो खेलमा भने बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो ।

चार अंकसहित भारत तालिकाको शीर्ष स्थानमा रहँदा नेपाल तीन अंकका साथ तालिकाको तेस्रो स्थानमा छ ।

च्याम्पियनसिपमा नेपाल, बंगलादेश, भारत र भुटान गरी चार टिम प्रतिस्पर्धामा छन् । राउन्ड रोबिन पद्धतिमा जारी प्रतियोगिताका शीर्ष दुई टिम उपाधिका लागि भिड्नेछन् ।

प्रकाशित : २०७९ माघ २४ गते ९:५५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI