ओडिआई मा कुशलको पहिलो शतक

NAWALPUR TIMES
प्रकाशित : २०७९ फागुन २ गते १६:२०
ओडिआई मा कुशलको पहिलो शतक

कावासोती । नेपाली ओपनर कुशल भुर्तेलले करियरको पहिलो एक दिवसीय सतक प्रहार गरेका छन्।

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भुर्तेलले नामिबियाविरुद्ध सतक प्रहार गरेका हुन्।

ब्यक्तिगत ५८ रनमा जीवनदान पाएका कुशलले ९९ बलमा ९ चौका र ४ छक्कासहित सतक पुरा गरेका हुन्।

उनको यो एकदिवसीय अन्तर्राष्ट्रियको पहिलो सतक हो।

सन् २०२१ मा पिएनजीसँग ओमानमा डेब्यु गरेका भुर्तेलले यसअघि ३ अर्धसतक पूरा गरेका छन्।

जितको लागि २ सय ८६ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले यो समाचार तयार पार्दासम्म ४१ ओभरमा ५ विकेट गुमाउँदै २ सय २९ रन बनाएको छ।

नेपालका लागि कप्तान रोहित पौडलले ७२ रन बनाएर आउट भए।  उनले भुर्तेलसँग कीर्तिमानी साझेदारीसमेत गरे।

रोहित पौडेलले ७६ बलमा ७ चौका र ३ छक्कासहित ७२ रन बनाएर आउट भए। उनले भुर्तेलसँग १३३ रनको सतकीय साझेदारी गरे।

तेस्रो विकेटका लागि रोहित र कुशलले गरेको यो साझेदारी ओडिआईमा नेपाली ब्याटरले गरेको कुनै पनि विकेटका लागि उच्च साझेदारी हो।

यसअघि नेपालबाट ओडिआईमा सर्वाधिक ठूलो साझेदारी २०२२ मार्चमा दीपेन्द्रसिंह ऐरी र देव खनालले पपुवा न्युगिनीविरुद्ध तेस्रो विकेटका लागि नै १ सय २९ रनको साझेदारी साझेदारी गरेका थिए।

दोस्रो ओभरमै ओपनर आसिफ शेखलाई गुमाएको नेपालले ज्ञानेन्द्र मल्ललाई २५ रनमा  गुमाएको थियो।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा २ सय ८५ रन बनाउँदै अल आउट भएको थियो।

प्रकाशित : २०७९ फागुन २ गते १६:२०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI