विश्वकप लिग टू नेपाल २ विकेटले विजयी

NAWALPUR TIMES
प्रकाशित : २०७९ फागुन २ गते १७:००
विश्वकप लिग टू नेपाल २ विकेटले विजयी

कावासोती । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले जित निकालेको छ । मंगलबार त्रिवि मैदानमा भएको खेलमा नेपालले नामिबियाविरुद्ध जित निकालेको हो ।

२८६ रनको लक्ष्य पाएको नेपालले १४ बल बाँकी रहँदै खेल जितेको हो ।

नेपालको जितमा ओपनर कुशल भुर्तेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो शतक प्रहार गरे । योसँगै भुर्तेल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट शतक प्रहार गर्ने चौथो खेलाडी बने ।

यसअघि, नेपाली टिमबाट पारस खड्का, दीपेन्द्रसिंह ऐरी र रोहितकुमार पौडेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गरेका थिए ।

प्रकाशित : २०७९ फागुन २ गते १७:००
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI