केन्द्रीय सदस्य शिवाकोटीको चेतावनी : कुहिरोको काग भयो पार्टी , ८४ को चुनाव फलामको चिउरा चपाउनु सरह हुनेछ

NAWALPUR TIMES
प्रकाशित : २०८० जेठ १३ गते १५:०९
केन्द्रीय सदस्य शिवाकोटीको चेतावनी : कुहिरोको काग भयो पार्टी , ८४ को चुनाव फलामको चिउरा चपाउनु सरह हुनेछ

 

काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले कांग्रेस कता कता कुहिरोको काग जस्तो भैरहेको बताएका छन् ।

प्रेस युनियनको ३२ औं स्थापना दिवस समारोहमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले पार्टी अहिले फाली निस्केको हलो जस्तो भएको भन्दै गुनासो गरे।

“उत्साह बोकेर आएको साथीहरू देशभर छन् । यो उत्साह घट्दै गएको छ । यसलाइ जोगाउन नेतृत्वले ध्यान दिनुपर्ने छ । तपाईंहरुलाइ हेरेर हामी राजनीतिमा आएका हौ,” उनले भने ।

केन्द्रीय सदस्य शिवाकोटीले पार्टी केन्द्रीय समिति बैठक नराखेर सभापति शेरबहादुर देउवाले आधिकारिक धारणा राख्न छेकेको गुनासो गरे । उनले केन्द्रीय सदस्यहरूले पनि बोल्ने ठाउँ चाहिएको भन्दै बैठकको माग गरे ।

“९ महिनादेखी केन्द्रिय समिती बैठक बस्न सकेको छै । पदाधिकारी र पूर्व पदाधिकारीको नाममा पार्टीको निर्णय हुँदै आएको छ,” उनले भने,” हामीले पनि बोल्ने ठाउँ चाहिएको छ । ”
पार्टीमा विधानको पालना हुन नसकेको भन्दै निर्मम समिक्षाको माग उनले गरे। पार्टी यसरी चले आउँदो चुनाव फलामको चिउरा चपाउनु सरह हुने उनले जिकिर गरे ।
“विधानको पालना हुन सकेको छैन । यसमा नेतृत्वले निर्मम समीक्षा गर्नुपर्ने अवस्था आएको छ,” उनले भने,” केस साथीहरूको विचार संस्लेशण गरेर नयाँ रुपमा अघि नबढे ८४ सालको चुनाव फलामको चिउरा चपाउनु सरह हुनेछ ।”

प्रकाशित : २०८० जेठ १३ गते १५:०९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI