बाँदर नियन्त्रणको सुझाव पेश गर्न बौदीकालीमा समिती गठन

NAWALPUR TIMES
प्रकाशित : २०८० असार १४ गते ९:१९
बाँदर नियन्त्रणको सुझाव पेश गर्न बौदीकालीमा समिती गठन

कावासोती । नवलपुरको बौदीकाली गाउँपालिकाले बाँदर नियन्त्रणका लागि सुझाव पेस गर्न समिति गठन गरेको छ । गाउँपालिका अध्यक्ष प्रकाश ओझाका अनुसार सबै वडामा बाँदरले सताएपछि नियन्त्रण को सुझाव पेश गर्न वडा ४ का अध्यक्ष मनबहादुर सारू मगरको संयोजकत्वमा कार्यदल बनाएको हो ।

कार्यदलको प्रतिवेदन आउनासाथ बजेट व्यवस्थापन गरेर बाँदर नियन्त्रणको काम थालिने अध्यक्ष ओझाले बताए ।

यहाँका मिथुकरम, नरम, रुचांग, रकुवा लगायतका गाउँमा बाँदरले अन्नबाली खाने र फाल्ने गरेर हैरान छ । बाँदरकै पिरोलोले मिथुकरमका बासिन्दा बसाइँ सर्ने तयारीमा रहेको स्थानीय बताउँछन् ।

‘जहाँ बस्ती र खेती हुन्छ बाँदर त्यतै झरेर हैरान पारेको छ,’ स्थानीय रुपक ठाडा भन्छन्, ‘गाउँलेहरु यातायात, बजार र राजमार्गको सुविधा खोज्न सडक र बजार छेउमा बसाइँ सर्दा बाँदर पनि बसाइँ सरेर आउने गरेका छन् ।’

 

प्रकाशित : २०८० असार १४ गते ९:१९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI