इमर्जिङ एसिया कपः नेपालको पहिलो खेल यूएईसँग

NAWALPUR TIMES
प्रकाशित : २०८० असार १४ गते १२:५७
इमर्जिङ एसिया कपः नेपालको पहिलो खेल यूएईसँग

कावासोती । श्रीलंकामा जुन १४ तारिखदेखि सुरु हुने एसीसी पुरुष इमर्जिङ टिम्स एसिया कपको पहिलो खेलमा नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई) को सामना गर्ने भएको छ । समूह ‘बी’ मा रहेका नेपाल र यूएईबीचको खेल जुलाई १५ मा हुने भएको हो ।

समूह ‘बी’ मा नेपाल र यूएईसँगै भारत ‘ए’ र पाकिस्तान ‘ए’ रहेका छन् । समूह ‘ए’ मा श्रीलंका, बंगलादेश र अफगानिस्तानको ‘ए’ टिम तथा ओमान रहेका छन् ।

नेपालले दोस्रो खेल पाकिस्तान ‘ए’ सँग जुलाई १७ तथा अन्तिम खेल भारत ‘ए’ सँग जुलाई १९ तारिखमा खेल्ने भएको छ ।

प्रतियोगिताको फाइनल खेल जुलाई २३ मा हुने तालिका रहेको छ ।

प्रकाशित : २०८० असार १४ गते १२:५७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI