नवलपुरका लागि रास्वपाका सम्पर्क सांसद हरि ढकाल

NAWALPUR TIMES
प्रकाशित : २०८० असार १४ गते १८:४७
नवलपुरका लागि रास्वपाका सम्पर्क सांसद हरि ढकाल

कावासोती । राष्ट्रिय स्वतन्त्र पार्टीले सबै जिल्लाका लागि सम्पर्क सांसद तोकेको छ । ७७ वटै जिल्ला लागि सम्पर्क सांसद हुने गरी जिम्मेवारी दिइएको छ ।

यसै बिच नवलपुरका लागि सम्पर्क सांसदको जिम्मा चितवन १ बाट निर्वाचित सांसद हरि ढकालले पाएका छ्न ढकाललाई नवलपुर सहित सोलुखुम्बु, चितवन र उदयपुरको सम्पर्क सांसद तोकिएको हो । नवलपुरका जनताले सांसद ढकालको मोबाइल नं ९८५११६४१६८ मा सम्पर्क गरेर  आफ्ना समस्या तथा संसदमा उठाउनुपर्ने मुद्दाका विषयमा जानकारी गराउन सक्नेछ्न ।

नागरिकले आफ्ना समस्या तथा संसदमा उठाउनुपर्ने मुद्दाका विषयमा सम्बन्धित सांसदलाई सिधा सम्पर्क गर्न सक्नेछन् ।  नीतिगत सुधार र जनसवालका विषयमा हाम्रा सांसदहरुसँग देशभरका सचेत नागरिकहरुले सिधा सम्पर्क गरी आफ्नो आवाज संसद्सम्म बुलंद गर्न सम्पर्क सांसद तोकिएको रास्वपाले जनाएको छ ।

प्रकाशित : २०८० असार १४ गते १८:४७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI