मलेसियालाई ८४ रनको फराकिलो अन्तरले हराउँदै नेपाल समूह विजेता

NAWALPUR TIMES
प्रकाशित : २०८० असार १५ गते १२:३८
मलेसियालाई ८४ रनको फराकिलो अन्तरले हराउँदै नेपाल समूह विजेता

मलेसियामा जारी एसीसी इस्ट जोन यू-१६ प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा घरेलु टोलीलाई पराजित गर्दै नेपाल समूह ए को विजेता बनेको छ । शुक्रवार भएको समूह चरणको अन्तिम खेलमा नेपालले घरेलु टोली मलेसयालाई ८४ रनको फराकिलो अन्तरले हराएको हो । नेपालले दिएको  १८४ रनको लक्ष्य पछ्याउने क्रममा मलेसिया ३०.५ ओभरमा ९९ रनमै अलआउट भयो ।

मलेसियाका मोहम्मद हैरिलले २५, मोहम्मद आलिफले १५ र आशिष लुहारले १२ रन नाउनुबाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि अशोक धामीले ७ ओभरमा १४ रन खर्चिएर ४ विकेट लिए । कप्तान अभिषेक तिवारीले ३ तथा सन्तोष यादवले २ विकेट लिए ।

नेपालले मलेसियालाई हराएसँगै समूह विजेता बन्दै सेमिफाइनल खेल्न पुगेको छ । मलेसिया पनि सेमिफाइनलमा पुगि सकेको छ ।

बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ३३ दशमलव ४ ओभरमा अलआउट हुँदै १ सय ८३ रन बनाएको थियो ।

नेपालले पहिलो खेलमा थाईल्यान्डलाई २ सय २५ रनको फराकिलो अन्तरले हराएको थियो ।

प्रकाशित : २०८० असार १५ गते १२:३८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI