टेस्ट राष्ट्र आयरल्यान्डसँग खेल्दै नेपाल

NAWALPUR TIMES
प्रकाशित : २०८० असार १९ गते ८:५६
टेस्ट राष्ट्र आयरल्यान्डसँग खेल्दै नेपाल

कावासोती । नेपालले आईसीसी एकदिवसीय विश्वकप छनाेटकाे अन्तिम खेलमा आज मङ्गलवार टेस्ट राष्ट्र आयरल्यान्डसँग खेल्दैछ । खेल दिउँसाे पाैने १ बजे हरारेमा शुरु हुनेछ ।

नेपालले सातौँ स्थानका लागि हिजाे भएको सेमिफाइनल खेलमा यूएईलाई तीन विकेटले हराउँदै आयरल्यान्डसँग भेट पक्का गरेको हो । नेपाल र आयरल्यान्डले पहिलाे पटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न लागेका हुन् । याे नेपालले टेस्ट खेल्ने राष्ट्रसँग खेल्न लागेकाे तेस्राे खेल हाे । यसअघि नेपालले जिम्बावे र वेस्ट इन्डिजसँग खेलिसकेकाे छ ।

नेपाल विश्वकप छनाेटमा समूह ‘ए’ बाट ४ खेलमा ३ मा हार र १ मा जितसहित चौथो स्थानमा रहेर समूह चरणबाटै बाहिरिएको थियो । नेपालले अमेरिकालाई ६ विकेटले हराउँदा जिम्बावेसँग ८ विकेट, वेस्टइन्डिजसँग १ सय १ रन र नेदरल्यान्ड्ससँग ७ विकेटले हारेपछि ‘सुपर सिक्स’ मा पुग्न सकेको थिएन । ‘सुपर सिक्स’ का शीर्ष दुई टोलीले आउँदाे अक्टाेबर/नाेभेम्बरमा भारतमा हुने विश्वकप खेल्न पाउनेछन् ।

प्रकाशित : २०८० असार १९ गते ८:५६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI