मलेसियालाई २ सय २२ रनको फराकिलो अन्तरले हराउदै नेपालले एसीसी यू-१६ इस्ट जोन कपको उपाधि जित्यो

NAWALPUR TIMES
प्रकाशित : २०८० असार १९ गते ११:४६
मलेसियालाई २ सय २२ रनको फराकिलो अन्तरले हराउदै नेपालले एसीसी यू-१६ इस्ट जोन कपको उपाधि जित्यो

कावासोती । नरेन भट्टको उत्कृष्ट शतक र अभिशेख तिवारीको उत्कृष्ट बलिङमा नेपालले एसीसी यू-१६ इस्ट जोन कपको उपाधि जितेको छ ।

मलेसियामा सम्पन्न खेलमा नेपालले २२२ रनको विशाल जितसहित उपाधि उचालेको हो ।

घरेलु टोलीलाई नेपालले २ सय ५३ रनको लक्ष्य दिएको थियो ।

तर मलेसियाले अलआउट हुनुपूर्व १४.५ ओभरमा ३१ रन मात्रै जोड्न सक्यो ।

नेपालका लागि अभिशेख तिवारीले ५ विकेट लिए । ६ ओभर बलिङ गरेका उनले जम्मा ७ रन मात्रै दिए ।

यस्तै, सन्तोष यादवले ३ ओभर बलिङ गर्दै ९ रन दिएर ३ विकेट लिए । यस्तै सागर गैरेले ५ ओभरमा १३ रन दिएर १ विकेट लिए ।

अशोक धामीले १ विकेट लिए ।

यसअघि नेपालले निर्धार ३५ ओभरमा ८ विकेट गुमाएर २ सय ५२ रन बनाएको थियो ।

नेपालका लागि नरेन भट्टले ८९ बलमा अविजित रहँदै ११२ रन बनाए । उनले १० चौका र २ छक्का हानेका थिए ।

यस्तै निरज यादवले ४७ रन बनाउँदा सूर्यांशु कोइरालाले १८ रन बनाए । उनीहरुले पहिलो विकेटका लागि ४१ रनको साझेदारी गरेका थिए ।

प्रकाशित : २०८० असार १९ गते ११:४६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI