टिकौली दुर्घटना अपडेट : २० जना घाइते, सात जनाको अवस्था गम्भिर

NAWALPUR TIMES
प्रकाशित : २०८० साउन ३१ गते १४:५४
टिकौली दुर्घटना अपडेट : २० जना घाइते, सात जनाको अवस्था गम्भिर

चितवन । टिकौली जंगलमा आज भयानक दुर्घटना भएको छ । अक्सफोर्ड कलेजको बसले शव बोकेको गाडी, केहि मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा २० जना घाइते भएका छन् भने सात जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

आज दिउँसो करिब ११ः४० बजेको समयमा भरतपुरबाट टाँडीतर्फ जादै गरेको ना १ क ६१३१ नम्बरको अक्सफोर्ड कलेजको बसले बिपरित दिशाबाट लास बोकी देवघाटतर्फ जादै गरेको ना २ च ८४४६ नम्बरको बलेरोलाई ठक्कर दिई बा प्र ०६–००१ प ९९८१, बा प्र ०३–००५ प ९७, ना ६२ प ६०३२, बा प्र ०३–००१ प ४१४७ नम्रबका मोटरसाइकलहरु, बा प्र ०६–००१ प २२९४ र बा प्र ०३–००२ प ४१९८ नम्बरको स्कुटरहरुलाई एकैचोटी ठक्कर दिएको हो ।

भरतपुर अस्पतालमा उपचाररत घाइतेहरु

खैरहनी नगरपालिका–४ बस्ने अन्दाजी ६५ वर्षीय कृष्ण बहादुर तामाङ (गम्भिर)

हेटौडा उपमहानगरपालिका–१४ बस्ने अन्दाजी ६५ वर्षीय महोन तामाङ (गम्भिर)

खैरहनी–१ बस्ने अन्दाजी ८२ वर्षीय जित बहादुर तामाङ (गम्भिर)

रत्ननगर नगरपालिका–१४ बस्ने अन्दाजी ५५ वर्षीय कुसुम बहादुर राना (गम्भिर)

रत्ननगर–१४ बस्ने अन्दाजी ३८ वर्षीय सुरेश श्रेष्ठ (गम्भिर)

रत्ननगर–९ बस्ने अन्दाजी ३५ वर्षको किशोर तामाङ (गम्भिर)

रत्ननगर–१४ बस्ने अन्दाजी ५५ वर्षको डोल बहादुर कार्की (गम्भिर)

रत्ननगर–१४ बस्ने बर्ष ४१ को पुर लामा (मध्यम)

सोहि ठाउँ बस्ने बर्ष ५५ को बुद्धिराम तामाङ (मध्यम)

रत्ननगर–१६ बस्ने बर्ष ४४ को रेशम पोख्रले (मध्यम)

काठमाण्डौ गोकर्ण ४ बस्ने बर्ष ४८ की तारा श्रेष्ठ (मध्यम)

रत्ननगर–१६ बस्ने बर्ष ४७ को दिल बहादुर घिसिङ (मध्यम)

चितवन मेडिकल कलेजमा उपचाररत घाइते

बलेरो गाडीमा सवार नवलपुर गैडाकोट नगरपालिका–८ बस्ने बर्ष ५१ को लोकराज लामा (मध्यम)

पुरानो मेडीकल कलेजमा उपचाररत

रत्ननगर–१४ बस्ने बर्ष ३३ को शंकर परियार (सामान्य)

सोहि ठाउँ बस्ने बर्ष ३६ को दिबेश शाक्य (मध्यम)

बलेरो गाडीमा सवार रत्ननगर–१४ बस्ने बर्ष ५० को आईतराम कामी (मध्यम)

रत्ननगर–३ बस्ने बर्ष ४४ को गोपाल तामाङ (मध्यम)

रत्ननगर–१४ बस्ने बर्ष २६ को पुष्प तामाङ (मध्यम)

सोहि ठाउँ बस्ने बर्ष ३८ को कृष्ण लामा (मध्यम) ।

रत्ननगर–३ बस्ने बर्ष ४५ को जिवन लामा (मध्यम)

प्रकाशित : २०८० साउन ३१ गते १४:५४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI