सुवास नेम्वाङलाई राष्ट्रिय सम्मान, अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने निर्णय

NAWALPUR TIMES
प्रकाशित : २०८० भदौ २६ गते ११:०४
सुवास नेम्वाङलाई राष्ट्रिय सम्मान, अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने निर्णय

 कावासोती ।संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको छ । उनको अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने निर्णयसमेत सरकारले गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।

नेकपा एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङको आज बिहान निधन भएको थियो । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले नेम्वाङलाई राष्ट्रिय सम्मान निर्णय गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले जानकारी दिए ।
नेम्वाङका छोराहरु विदेश भएकाले उनीहरु फर्किएपछि मात्र अन्त्येष्टि गरिने छ । तर अन्त्येष्टि कहिले हुन्छ भनेर अहिले ठ्याक्कै भन्न नसक्ने मन्त्री किराँतीले बताए । जुन दिन अन्त्येष्टि गरिन्छ, त्यही दिन सार्वजनिक बिदा हुने उनले जानकारी दिए ।
प्रकाशित : २०८० भदौ २६ गते ११:०४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI