चितवनमा गोहीको आक्रमणबाट एक जनाको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०८० भदौ ३१ गते ७:४०
चितवनमा गोहीको आक्रमणबाट एक जनाको मृत्यु

कावासोती । चितवनमा गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पूर्वी चितवनको रत्ननगर नगरपालिका–५ स्थित मगरटोलका ४४ वर्षीय फगुना महतो रहेका छन् ।

शनिवार साँझ महतो डुङ्गाघाट क्षेत्रमा मृतावस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनले महतो माछा मार्न जाँदा गोहीले आक्रमण गरेको हुनसक्ने बताए ।

प्रकाशित : २०८० भदौ ३१ गते ७:४०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI