बौद्ध धर्मको त्रैमासिक वर्षावास भिक्षाटन कार्यक्रम जारी, भिक्षु विसराद भन्तेद्धारा पूजा तथा प्रवचन

NAWALPUR TIMES
प्रकाशित : २०८० असोज ६ गते १६:१९
बौद्ध धर्मको त्रैमासिक वर्षावास भिक्षाटन कार्यक्रम जारी, भिक्षु विसराद भन्तेद्धारा पूजा तथा प्रवचन

६ असोेज, नवलपुर ।
बौद्ध धर्मालम्बीहरुको त्रैमासिक वर्षावास भिक्षाटन कार्यक्रम अन्तरगत रहेर नवलपुरको सदरमुकाम कावासोतीमा रहेको कावासोती बौद्ध गुम्बा विहारमा नवमी तिथिको पूजा गरिएको छ । जिल्लाको कावासोती नगरपालिका ३ मा रहेको उक्त बौद्ध गुम्बा विहारमा त्रैमासिक वर्षावास भिक्षुहरुको दौरान चलिरहेको छ ।

सोही वर्षावास अन्तरगत शनिबार नवमी तिथिमा विधिवत रुपमा पूजा सम्पन्न गरिएको कावासोती बौद्ध गुम्बा विहार समितिका अध्यक्ष देव वहादुर सारुले बताउनु भयो । गुम्बामा आगामी कात्तिक ११ गतेसम्म पूर्णिमा , पञ्चमी , नवमी र औँसी तिथिमा पूजा तथा प्रवचन हुनेछ । अन्तरािष्ट्रय परियाती बौद्धविहारबाट आउनु भएका भिक्षु विसराद भन्तेद्धारा पूजा तथा प्रवचन भएको छ ।

 

बौद्ध धर्मालम्बीहरुको परम सुख निर्वाण लाभ हुने अध्यात्मिक ज्ञान सहितको अनन्य पुण्य लाभ गर्ने महान मौलिक परम्परा त्रैमासिक वर्षावास २०८० को अवसरमा गुम्बाहरुका विभिन्न कार्य तथा नित्यकर्महरु भइरहेका छन् ।

कावासोती बौद्ध गुम्बा विहारमा वर्षावास तिथिहरुमा भिक्षु भन्तेहरुबाट पत्तचशिल , अष्टशिल प्रदान , बुद्ध पूजा , परित्राण तथा जिवनपयोगी धर्म उपदेश तथा श्रद्धालु उपासक उपासिकाहरुबाट चीवर , अष्टपरिष्कार , संघदान , जल तर्पण सहित पुण्यानुमोदन , भोजन र १०८ दीप प्रज्वलन जस्ता कार्यक्रमहरु भएका छन् । उक्त कार्यक्रममा बौद्ध धर्मालम्बी तथा विभिन्न धर्ममा अस्था राख्ने सम्पूर्ण व्यक्तित्वहरुलाई भिक्षुहरुलाई दान प्रदान गरी पुण्य कमाउन अनुरोध समेत गरिएको छ ।

प्रकाशित : २०८० असोज ६ गते १६:१९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI