दीपेन्द्रसिंह ऐरीको सहायक हवल्दारमा बढुवा

NAWALPUR TIMES
प्रकाशित : २०८० असोज १८ गते १७:५४
दीपेन्द्रसिंह ऐरीको सहायक हवल्दारमा बढुवा

कावासोती । नेपाल प्रहरीमा सेवारत क्रिकेटर दीपेन्द्रसिंह ऐरीले एसियन गेम्समा विश्वकिर्तिमानी ब्याटिङ गरेसँगै उनको पद बढुवा भएको छ । उनी प्रहरी जवानबाट प्रहरी सहायक हवल्दारमा बढुवा भएका हुन् ।

प्रहरी प्रवक्ता कुवेर कडायतले क्रिकेटमा विश्वकीर्तिमान राखेको सम्मानस्वरूप उनलाई बढुवा गर्ने निर्णय गरिएको जानकारी दिए । प्रहरीको पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी) ले सो निर्णय गरेको हो ।

नेपाली क्रिकेटमा उनको योगदानको कदरस्वरूप विशेष बढुवा गरिएको प्रवक्ता कडायतले बताए ।

दीपेन्द्र सन् २०१६ देखि नेपाल प्रहरीमा आवद्ध थिए । उनी नेपाल प्रहरीको क्रिकेट टीमका कप्तानसमेत हुन् । चीनमा आयोजित एसियन गेम्सको क्रिकेट प्रतिस्पर्धामा उनले मंगोलियाविरुद्ध ९ बलमा अर्धसतक बनाउदै विश्वकीर्तिमान रचेका छन् ।

उनले भारतीय ब्याट्सम्यान युवराज सिंहले १२ बलमा अर्धसतक बनाएर राखेको कीर्तिमान तोडेका हुन् ।

प्रकाशित : २०८० असोज १८ गते १७:५४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI