विश्वकप क्रिकेटमा पाकिस्तान र नेदरल्याण्ड्स भिड्दै

NAWALPUR TIMES
प्रकाशित : २०८० असोज १९ गते ९:५३
विश्वकप क्रिकेटमा पाकिस्तान र नेदरल्याण्ड्स भिड्दै

कावासोती । भारतमा शुरु भएको विश्वकप एक दिवसीय क्रिकेटको दोस्रो दिन आज पाकिस्तान र नेदरल्याण्ड्स भिड्दै छन् । खेल दिउँसो २ः१५ देखि हैदराबादको राजीव गान्धी इन्टरनेशनल स्टेडियममा हुनेछ ।  नेदरल्याण्ड्स पाकिस्तानका लागि यो विश्वकपको सबैभन्दा सजिलो टिम हो । पाकिस्तानले अहिलेसम्म विश्वकपमा ६ खेल नेदरल्याण्ड्सविरुद्ध खेलेको छ ।

जसमा सबै खेल पाकिस्तानले जितेको छ । यो खेलमा कप्तान बाबर आजमको नेतृत्व सफल हुने पाकिस्तानको विश्वास छ ।

उनले सन् २०२३ मा १६ खेलमा ७४५ रन बनाएका छन् । मोहम्मद रिजवानले १६ खेलमा ६२८ रन बनाएका छन् । त्यस्तै फखर जमानले १६ खेलमा ६४४ रन बनाएका छन् ।

शादाब खानले अलराउन्ड प्रदर्शन गर्ने क्रममा ११ खेलमा १३८ रन बनाउनुका साथै १३ विकेट लिएका छन् ।

नदरल्याण्ड्सका स्कट एडवर्डसले १३ खेलमा ४३८ रन बनाएका छन् । त्यस्तै बास डी लिडले अलराउन्ड खेल्ने क्रममा ७ खेलमा १५ विकेट लिनुका साथै २८५ रन बनाएका छन् । कलर एकरम्यानले ३ खेलमा २ विकेट लिँदै ११५ रन बनाएका छन् ।

यसबाहेक पाकिस्तानका लागि शाहिन शाह अफ्रिदी चम्कन सक्छन् । उनले एसिया कपमा ५ खेलमा १० विकेट लिएका थिए । उनले यो सालमात्रै १२ खेलमा २४ विकेट लिएका छन् ।

त्यस्तै ह्यारिस रउफले १३ खेलमा २४ विकेट लिएका छन् । पाकिस्तानको टिम अहिले निकै नै सशक्त देखिएको छ ।
 

प्रकाशित : २०८० असोज १९ गते ९:५३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI