जितिया कप महिला फुटबलको उपाधि अभिषेक चर्च रजहरलाई

NAWALPUR TIMES
प्रकाशित : २०८० असोज १९ गते १९:४३
जितिया कप महिला फुटबलको उपाधि अभिषेक चर्च रजहरलाई

काशीराम महतो, कावासोती । सेन्ट्रल कलेज जितिया कप महिला फुटबलको उपाधि अभिषेक चर्च रजहरले जितेको छ ।

थारु महिलाहरुको पर्व जितियाको उपलक्ष्यमा कावासोती-१२ राजमन्दिरमा डायमण्ड युथ सोसाईटीले आयोजना गरेको तेस्रो जितिया कप महिला फुटबल प्रतियोगिताको फाईनलमा बरचुली मा वि फारमलाई १-० गोलले पराजित गर्दै अभिषक चर्च रजहरले उपाधि हात पारेको हो ।

अभिषेक चर्च रजहरलाई जिताउन फाइनल खेलमा वुमन अफ द म्याच बनेकी कुमारी थोकरले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बनेको हो ।

उपाधि सँगै अभिषेक चर्च रजहरले ५१ हजार ५ सय नगद र दोस्रो भएको वरचुली मावि रजहरले ३१ हजार ५ सय नगद समेत हात पारे । प्रतियोगिताको सर्वोत्कृष्ट गोल कर्ता वरचुली मा वि कि सेनु परियार र उत्कृष्ट खेलाडी अभिषेक चर्च रजहरकी जेनिफर राना बनेका छन ।

विजेता तथा उपविजेतालाई कावासोती नगरपालिका कि उपप्रमुख फुलकुमारी थनेतल पुरस्कार प्रदान गरेकी थिईन ।

प्रकाशित : २०८० असोज १९ गते १९:४३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI