पाकिस्तानसँग नेदरल्यान्ड ८१ रनले पराजित

NAWALPUR TIMES
प्रकाशित : २०८० असोज १९ गते २१:४४
पाकिस्तानसँग नेदरल्यान्ड ८१ रनले पराजित

कावासोती । विश्वकप क्रिकेटको दोस्रो खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई ‍८१ रनले हराएको छ ।

पाकिस्तानसँगको खेल जित्न २८७ रनको लक्ष्य पाएको नेदरल्यान्ड्स ४१ ओभरमा २०५ रन बनाउँदै अल आउट भयो ।

नेदरल्यान्ड्सका लागि बास डि लिडेले ६७ र ओपनर विक्रमजित सिंहले ५२ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । पाकिस्तानको हरिस रउफले ३ विकेट लिए ।
यसअघि हैदरावादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले ४९ ओभरमा अलआउट हुँदै २८६ रन बनाएको थियो ।

टिमको स्कोर ३८ रन हुँदा सुरुवाती ३ विकेट गुमाएको पाकिस्तानलाई उकास्न चौथो विकेटका लागि मोहम्मद रिज्वान र साउद शकिलले १२० रनको साझेदारी गरे । उनीहरु दुवैले समान ६८ रन बनाए । मोहमद नवाजले ३८ र साबाद खानले ३२ रन बनाए ।

प्रकाशित : २०८० असोज १९ गते २१:४४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI