विश्वकप क्रिकेट : बङ्लादेश र अफगानिस्तान तथा दक्षिण अफ्रिका र श्रीलङ्का खेल्दै

NAWALPUR TIMES
प्रकाशित : २०८० असोज २० गते ९:१३
विश्वकप क्रिकेट : बङ्लादेश र अफगानिस्तान तथा दक्षिण अफ्रिका र श्रीलङ्का खेल्दै

कावासोती  । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आज बङ्लादेश र अफगानिस्तान तथा दक्षिण अफ्रिका र श्रीलङ्काबीच खेल हुँदैछ । बङ्लादेश र अफगानिस्तानबीच धर्मशालामा नेपाली समयअनुसार बिहान पौने ११ बजे खेल शुरु हुनेछ ।

त्यस्तै, दिउँसो सवा दुई बजे दिल्लीमा दक्षिण अफ्रिका र श्रीलङ्का खेल्नेछन् । यसअघि हिजो भएको खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई ८१ रनले र अस्ति भएको उद्घाटन खेलमा न्युजिल्यान्डले इङ्ल्यान्डलाई ९ विकेटले हराउँदै विजयी शुरुवात गरेका छन् ।

प्रकाशित : २०८० असोज २० गते ९:१३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI