प्रथम सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधी नवरङ्गी युवा क्लबलाई

NAWALPUR TIMES
प्रकाशित : २०८० असोज २० गते १९:२२
प्रथम सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधी नवरङ्गी युवा क्लबलाई

काशिराम महतो, कावासोती । कावासोती-११ मा जारी प्रथम सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधी नवरङ्गी युवा क्लब कावासोती-११ ले जितेको छ।

शनिबार सम्पन्न फाईनल खेलमा कावासोती -३ को भानु युथ एकेडेमीलाई टाइब्रेकरमा ५ का विरुद्ध ४ गोलले हराउँदै नवरङ्गीले उपाधि हात पारेको हो ।

निर्धारित समयमा १-१ गोलको बराबरीमा खेल टुङ्गिए पछि खेल टाईब्रेकरमा पुगेको थियो । फाइनल खेलको म्यान अफ द म्याचको उपाधि नवरङ्गीका मिलन गुरुङले हात पारे भने उत्कृष्ट गोलकिपरको उपाधि पनि नवरङ्गीकै बाबुराम महतोले प्राप्त गरे । प्रतियोगिताको सबै भन्दा धेरै गोल गर्ने भगवती युवा क्लब कावासोती-७ क सुरज महतोले सर्वाधिक गोल कर्ताको उपाधी जितेका हुन ।

प्रतियोगिताका विजेता तथा उपविजेतालाई प्रमुख अतिथि रहेका तरुण दल नवलपुरका जिल्ला सदस्य सागर गुरुङले पुरस्कार वितरण गरेका थिए ।

प्रकाशित : २०८० असोज २० गते १९:२२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI