एसियाली खेलकुद : एक कास्य र एक रजत पदक जितेर नेपाल ३२ औँ स्थानमा

NAWALPUR TIMES
प्रकाशित : २०८० असोज २२ गते ९:५०
एसियाली खेलकुद : एक कास्य र एक रजत पदक जितेर नेपाल ३२ औँ स्थानमा

कावासोती । एसियाली खेलकुद-एसियाडको १९ औँ संस्करण आइतबार साँझ चीनको होङ्जाउमा सम्पन्न भएको छ। विशेष समारोहबीच प्रतियोगिताको समापन गरिएको थियो।

प्रतियोगितामा नेपालले एक कास्य र एक रजत पदक जितेर ३२ औँ स्थान हात पारेको थियो। कराँते खेलाडी एरिका गुरुङले एकल स्पर्धामा रजत र महिला कबड्डी टोलीले टिम स्पर्धामा कास्य पदक हात पारेका हुन्।

नेपालसहित ब्रुनई दारुस्लाम र ओमान पनि ३२ औँ स्थानमा रहे। यी दुई टोलीले पनि प्रतियोगितामा एक रजत र एक कास्य गरी कुल २ पदक जितेका थिए। प्रतियोगितामा ४६ देशले भाग लिएका ४१ देशले कम्तीमा एउटा पदक जितेका छन्।

चीन २ सय १ स्वर्ण, १ सय ११ रजत र ७१ कास्यसहित कुल ३८३ पदक जितेर पहिलो बन्यो। ५२ स्वर्ण, ६७ रजत र ६९ कास्यसहित एक सय ८८ पदक जितेर जापान दोस्रो बन्यो।

दक्षिण कोरिया ४२ स्वर्ण,५९ रजत र ८९ कास्य जितेर कुल एक सय ९० पदकसहित तेस्रो बन्यो। चौथो बनेको भारतले २८ स्वर्ण, ३८ रजत र ४१ कास्य जितेको छ।

प्रकाशित : २०८० असोज २२ गते ९:५०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI