जाजरकोटमा रोकिएन भूकम्प, परकम्पको संख्या ४३९ पुग्यो

NAWALPUR TIMES
प्रकाशित : २०८० कार्तिक २१ गते ९:३९
जाजरकोटमा रोकिएन भूकम्प, परकम्पको संख्या ४३९ पुग्यो
भुकम्पले जाजरकोटमा पुर्‍याएको क्षती जाजरकोट , १८ कात्तिक : जाजरकोटको रामिडाडा केन्द्रविन्दु बनाएर शुक्रबार राती आएको भुकम्पले भेरी नगरपालिका ३ थाप्लेमा भत्किएका घरहरु । तस्बिर : हेमन्त केसी /रासस

कावासोती । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गत शुक्रबार राति गएको भूकम्पयता उक्त क्षेत्रमा परकम्प जानेक्रम रोकिएको छैन । गत शुक्रबार राति ११ बजेर ४७ मिनेटमा रामीडाँडा केन्द्र बनाएर ६.४ म्याग्निच्युडको भूकम्पको गएको थियो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र सुर्खेतका अनुसार रामीडाँडा केन्द्र बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएपछि त्यसको परकम्प जानेक्रम रोकिएको छैन । त्यसयता रामिडाँडा र त्यसको आसपासमा परकम्प गइरहेको छ । केन्द्रका अनुसार आज बिहान सात ५४ बजेसम्म ४३९ वटा परकम्प गइसकेको छ ।

शुक्रबार राति ११ः४७ बजेको भूकम्पपछि ४.० म्याग्निच्युडभन्दा माथिका ९ वटा परकम्प गइसकेको छ ।

प्रकाशित : २०८० कार्तिक २१ गते ९:३९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI