एसीसी यू–१९ एसिया कप : नेपाल पाकिस्तानसँग खेल्दै

NAWALPUR TIMES
प्रकाशित : २०८० मंसिर २२ गते ७:३०
एसीसी यू–१९ एसिया कप : नेपाल पाकिस्तानसँग खेल्दै

कावासोती  । एसीसी यू–१९ एसिया कपमा आज नेपाली युवा टिमले पाकिस्तानविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्दै छ ।

टेस्ट राष्ट्र पाकिस्तानविरुद्ध नेपाली टिम देव खनालको कप्तानीमा मैदान उत्रिनेछ । नेपाली टोलीमा सियिनर टिमका नियमित अलराउन्डर गुल्सन झा समेत समावेश छन् ।

दुबईस्थित आईसीसी एकेडेमी ओभल–२ मा हुने यो खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजेदेखि सुरु हुनेछ ।

आजको खेलपछि नेपालले समूहको दोस्रो खेलमा मंसिर २४ गते आइतबार अफगानिस्तानविरुद्ध खेल्नेछ । आईसीसी एकेडेमी ओभल–२ मा नै हुने यो खेल पनि नेपाली समयअनुसार बिहान ११ः१५ बजेदेखि सुरु हुनेछ ।

यस्तै, नेपालले समूह चरणको अन्तिम खेलमा मंसिर २६ गते मंगलबार भारतसँग खेल्नेछ । आईसीसी एकेडेमी ओभर–२ मा हुने यो खेल बिहान ११ः१५ बजेदेखि सुरु हुनेछ । समूह ‘ए’ मा नेपालबाहेक बाँकी तीन वटै देशले आईसीसीबाट टेस्ट राष्ट्रको मान्यता पाएका छन् ।

समूहका शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउनेछन् । दुवै सेमिफाइनल खेल मंसिर २९ गते हुनेछ । प्रतियोगिताको फाइलन खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पुस १ गते हुनेछ ।

अक्टोबरमा भएको छनोटबाट नेपाल, यूएई र जापानले शीर्ष तीन स्थान हासिल गर्दै एसिया कपमा स्थान बनाएका हुन् । नेपाल प्रिमियर कपको विजेता, यूएई उपविजेता र जापानले तेस्रो स्थान सुरक्षित गर्दै यूएईको टिकट काटेका थिए ।

प्रकाशित : २०८० मंसिर २२ गते ७:३०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI