कावासाेतीमा राष्ट्रिय स्तरकाे जिएम कप भलिबल प्रतियाेगिता हुने

NAWALPUR TIMES
प्रकाशित : २०८० मंसिर २५ गते ८:१७
कावासाेतीमा राष्ट्रिय स्तरकाे जिएम कप भलिबल प्रतियाेगिता हुने

कावासोती । नवलपुरको सदरमुकाम कावासोतीमा राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता हुने भएको छ ।

जिएम समाज कावासोतीको आयोजनामा कावासोतीमा माघ ९ गतेदेखि १३ गतेसम्म राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता हुने आईतबार कावासोतीमा आयोजना गरिएको पत्रकार सम्मलेनमा जानकारी गराईएको हो ।

प्रथम पुरस्कार नगद लाख रहने प्रतियोगितामा देशका राष्ट्रिय स्तरका टिमहरु सहभागीता रहने पत्रकार सम्मलेनमा बताईएको हो ।
प्रतियोगितामा विभागिय टिमहरु नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका साथै गण्डकी प्रदेश र आयोजक सहित ५ टिमले भाग लिने पत्रकार सम्मेलनमा जिएम समाज कावासोतीका अध्यक्ष जितबहादुर आले मगरले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुनेले नगद २ लाख, द्वितीय हुनेले १ लाख, तृतीय हुनेले ५० हजार र चौथो हुनेले २५ हजार पुरस्कार पाउने तथा पुरस्कारको सम्पूर्ण रकम अर्थात ३ लाख ७५ हजार युवा व्यवसायी गैडाकोट ३ निवासी विरेन्द्र थापाले सहयोग गरेका पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।

प्रकाशित : २०८० मंसिर २५ गते ८:१७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI