कावासोती । पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत पुर्वी नवलपरासीको विनयीत्रिवेणी गाउँपालीकाको ज्यामिरेमा ग्यास बोकेको बुलेट दुर्घटना हुदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
ईलाका प्रहरी कार्यालय दुम्कीबासले दिएको जानकारी अनुसार पश्चिम बाट पुर्व तर्फ आउदै गरेको भारतिय एन एल ओ एल २४६० नं को लोड ग्यासको बुलेट अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा भारत घर भएका चालक अजय कुमार सिंह घाईते भएका छन् , भने सह चालक भारतको उत्तर प्रदेशका वर्ष १८ का जय नारायण पालको घटनास्थल मै मृत्यु भएको छ । घाइते चालकको दुम्कीबास स्वास्थ्य चौकीमा उपचार भईरहेको छ भने मृतकको शव पोष्टमाटमका लागी मध्यविन्दु जिल्ला अस्पताल डण्डा पठाईएको ईलाका प्रहरी कार्यालय दुम्कीबासले जनाएको छ ।
प्रकाशित : २०७९ असोज २५ गते २२:३१
Facebook Comment