सुपरहिरो बन्दै कट्रिना

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर २३ गते १४:०३
सुपरहिरो बन्दै कट्रिना

मुम्बई : करिअरको मन्दीमा रहेकी कट्रिना कैफको हातमा फिल्मको कमी छैन तर उनमा पहिला जस्तो चार्म छैन । रणवीर कपुरसँगको ब्रेकअपपछि उनले खेलेका फिल्मले पनि खासै राम्रो व्यापार गरिरहेका छैनन् । तर, केही निर्देशकमा उनीप्रति अझै भरोसा छ । अलि अब्बास जफर तीमध्ये एक हुन् । ‘टाइगर जिन्दा है’ र ‘भारत’मा कट्रिनालाई अभिनय गराएका उनले  नयाँ फिल्ममा पनि कट्रिनालाई लिने निर्णय गरेका छन् ।

तर, यो फिल्म चानचुने फिल्म भने रहनेछैन । जफरका अनुसार कट्रिनाको मुख्य भूमिका रहने फिल्म भारतको पहिलो सुपरहिरो फिल्म हुनेछ जहाँ कट्रिनाले फस्ट लेडी सुपरहिरोको भूमिका निर्वाह गर्नेछिन् । फिल्मको नाम सुपर खिलाडी जुराइएको छ । अहिले फिल्मको प्रिप्रडक्सनको काम भइरहेको छ । फिल्मका लागि कट्रिना मार्सल आर्टस्को प्रशिक्षण लिइरहेकी छिन् ।

फिल्मको सुटिङ अर्को साल सुरु हुनेछ । निर्देशक जफरले फिल्म दुबई, आबुधाबी, पोल्यान्ड, जर्जिया, उत्तराखण्ड आदि स्थानमा खिच्ने तयारी गरिरहेका छन् । कट्रिनाले यो बीचमा ‘भूत पोलिस’ र ‘टाइगर ३’को सुटिङ सक्नेछिन् । कामबाहेक व्यक्तिगत कुरा गर्ने हो भने कट्रिना पछिल्लो समय विक्की कौसलसँग नजिक रहेको चर्चा छ ।

प्रकाशित : २०७७ मंसिर २३ गते १४:०३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI