टेलिकमको पोस्टपेड फोनको बिलिङमा समस्या, कयौं फोन वान-वे

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष १ गते १३:२१
टेलिकमको पोस्टपेड फोनको बिलिङमा समस्या, कयौं फोन वान-वे

१ पुस, काठमाडौं । नेपाल टेलिकमको पोस्टपेड फोनको बिलिङमा समस्या देखिएको छ । यसका कारण मंगलबार रातिदेखि हजारौं पोस्टपेड फोनहरुमा ‘आउट गोइङ कल’ ब्यारियर (वान वे) भएको छ ।

करिब १२ घण्टाभन्दा बढी समय फोनमा समस्या आएपछि टेलिकमका धेरै पोस्टपेड प्रयोगकर्ता पीडित भएका छन् ।

नेपाल टेलिकमका एक वरिष्ठ इन्जिनियरका अनुसार हरेक महिनाको १५ तारिकमा पोस्टपेडको बिलिङ हुन्छ । त्यही क्रममा प्रणालीका आएको समस्याका कारण ब्यालेन्स भएपनि कतिपय फोन ‘वान वे’ भएका छन् ।

समस्या समाधानका लागि काम भइरहेको टेलिकमले जनाएको छ ।

प्रकाशित : २०७७ पुष १ गते १३:२१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI