कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

NAWALPUR TIMES
प्रकाशित : २०७७ माघ १९ गते ११:५०
कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

काठमाडाैं, १९ माघ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । केहीबेरअघि सम्पन्न बोर्ड बैठकको निर्णयपछि नतिजा सार्वजनिक गरिएको हो ।

यसअघि आइतबार बसेको बोर्ड बैठकले सोमबार बिहान नतिजा प्रकाशित गर्ने निर्णय गरेको थियो । प्रकाशित नतिजा अनुसार १ जनाको रद्द भएको छ भने ११ हजार ४ सय ९० जनाको स्थगित भएको छ । कोरोना महामारीबीच ४ लाख ३२ हजार ५ सय परीक्षार्थी सहभागी थिए ।

वैशाख/जेठमा नै लिइने कक्षा १२ को परीक्षा कोरोना महामारीका कारण मंसिरमा मात्रै सञ्चालन गरिएको थियो । कक्षा १२ को परीक्षा गत मंसिर ९ देखि १६ गतेसम्म सञ्‍चालन भएको थियो । संक्षिप्त परीक्षाको प्राप्तांक शिक्षकले जथाभावी पठाएपछि नतिजा प्रकाशनमा ढिलाइ भएको थियो ।

बोर्डले कुल पूर्णाङ्कमध्ये ४० प्रतिशतको संक्षिप्त परीक्षा सञ्चालन गरेको थियो । चाँडो नतिजा प्रकाशित गर्न विद्यालयमै विषय शिक्षकले उत्तरपुस्तिका परीक्षण गरेका थिए । विद्यार्थीको प्राप्तांक बोर्डको प्रदेश कार्यालयहरूबाटै नजिता प्रकाशनको सिस्टममा इन्ट्री गराउने व्यवस्था मिलाइएको थियो ।

अब विद्यार्थीलाई बोर्डले नै ग्रेडसिटलगायतको प्रमाणपत्र दिनेछ । कक्षा १२ को नतिजामा ढिलाइ भए पनि विश्वविद्यालयहरूले स्नातक तहमा भर्ना खोलिसकेका छन् ।
२०७५ सालदेखि कक्षा १२ को नतिजा ग्रेडिङ पद्धतिका आधारमा हुँदै आएको छ ।

यसरी हेर्नुहोस् नतिजा

नतिजा हेर्नको लागि एनटीसी सिमबाट १६०० मा डायल गरेर नतिजा हेर्न सकिने छ । नेपाल टेलिकमको १६०० मा एसेमेस गरेर पनि नजित हेर्न सकिन्छ । त्यसको लागि NEB एक स्पेस आफ्नो सिम्बल नम्बर टाइप गरी १६०० मा एसेमेस पठाउनु पर्ने छ ।

त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड   नेपाल टेलिकमको वेवसाइटबाट पनि नतिजा हेर्न सकिने छ ।

प्रकाशित : २०७७ माघ १९ गते ११:५०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI