निर्वाचन हुने सम्भावना टर्दै

NAWALPUR TIMES
प्रकाशित : २०७७ माघ २२ गते ८:१६
निर्वाचन हुने सम्भावना टर्दै

काठमाडौँ, २२ माघ । नेकपाको आधिकारिकताको विवादले गर्दा आउँदो वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन हुने सम्भावना न्यून हुँदै गएको छ । वैशाख १७ गते आउन ८५ दिन बाँकी रहेको छ ।

यति बेलासम्म निर्वाचनमा सहभागी हुने दलहरुलाई दल दर्ताका लागि आह्वान गरिसक्नुपर्ने थियो । विगतमा २०६४ चैतमा संविधानसभाको पहिलो निर्वाचन हुँदा जेठ असारतिरै दल दर्ता आह्वान गरिएको थियो । २०७० मा मंसिरमा भएको निर्वाचनका लागि बैशाखमै निर्वाचनमा भाग लिने राजनीतिक दलहरुका लािग सूचना निकालेको थियो ।

निर्वानको तयारीतर्फ पूरै ध्यान केन्द्रीत गर्नुपर्ने बेला आयोग नेकपाको आधिकारिकताको विवाद टुंगो लगाउनुपर्ने अवस्थाले गर्दा तोकिएको मितिमा निर्वाचन हुनेमा पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले प्रश्न तेर्स्याएका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

प्रकाशित : २०७७ माघ २२ गते ८:१६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI