वैद्यदेखि विप्लवसम्म एकै ठाउँमा, आज चार दलको संयुक्त मोर्चा घोषणा

NAWALPUR TIMES
प्रकाशित : २०७७ माघ २९ गते ९:११
वैद्यदेखि विप्लवसम्म एकै ठाउँमा, आज चार दलको संयुक्त मोर्चा घोषणा

सरकारको प्रतिबन्धमा रहेको विप्लव नेतृत्वको नेकपासहित ४ दलले बिहीबार संयुक्त मोर्चाको घोषणा गर्न लागेका छन् । विप्लवको नेकपा सहित मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, ऋषि कट्टेल नेतृत्वको नेकपा र विश्वभक्त दुलाल आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीबीचको संयुक्त मोर्चा घोषणा गर्न लागिएको हो ।

बिहीवार त्यसका लागि नेताहरूले कमलादीस्थित प्रज्ञा भवनमा संयुक्त कार्यक्रम राखेका छन् ।

उक्त कार्यक्रमबाट संयुक्त अवधारणापत्र र संघर्षका कार्यक्रम घोषणा गरिने बताइएको छ ।

यसैबीच पक्राउ पर्ने डरले कार्यक्रममा विप्लव तथा उनको पार्टीका कुनै नेता भने नआउने बताइएको छ । कार्यक्रममा विप्लवले पठाएको पत्र बाचन गरिने छ ।

प्रकाशित : २०७७ माघ २९ गते ९:११
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI