रामकुमारी झाँक्रीलाई ‘राज्यविरुद्धको कसूर’को अभियोग

NAWALPUR TIMES
प्रकाशित : २०७७ माघ २९ गते १२:५६
रामकुमारी झाँक्रीलाई ‘राज्यविरुद्धको कसूर’को अभियोग

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृ रामकुमारी झाँक्रीलाई राज्यविरुद्धको कसूरअन्तर्गत पक्राउका लागि भनेर पक्राउ पूर्जी थमाइएको छ ।

नेपाल प्रहरीको अपराध महाशाखाका डीएसपी सुधीर शाहीले शंखमुलस्थित झाँक्रीको निवासमै पुगेर पक्राउ पूर्जी थमाएका हुन् ।

डीएसपी दुर्गाराज रेग्मीको हस्ताक्षर रहेको पक्राउ पूर्जीमा– झाँक्रीलाई राज्य विरुद्धको कसूरमा दफा ५८ अनुसार अनुसन्धान गर्ने गरी पक्राउ गर्न लागिएको उल्लेख छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध दिएको अभिव्यक्तिलाई लिएर सोधपुछका लागि भन्दै प्रहरीले झाँक्रीलाई बोलाएको थियो ।

झाँक्रीले यो राजनीतिक मुद्दा भएकाले आफू प्रहरी कार्यालय नजाने अडान लिएपछि उनलाई पक्राउ गर्न लागिएको हो ।
प्रकाशित : २०७७ माघ २९ गते १२:५६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI