नेकपा नेतृ रामकुमारी झाँक्री रिहा

NAWALPUR TIMES
प्रकाशित : २०७७ माघ २९ गते १८:२९
नेकपा नेतृ रामकुमारी झाँक्री रिहा

काठमाडौं । नेकपा प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री रिहा भएकी छिन् । उनलाई महानगरीय प्रहरी महाशाखाले बिहीबार साँझ रिहा गरेको हो ।

बिहान उनलाई शंखमूलस्थित निवासबाट राज्यविरुद्धको कसुरअन्तर्गत पक्राउ गरेको थियो । उनले गत माघ १७ गते गोरखाको विरोधसभामा राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामाथि टिप्पणी गरेकी थिइन् । सोही कार्यक्रमको भिडियोलाई प्रमाण बनाएर प्रहरीले पक्राउ गरेको थियो ।

प्रकाशित : २०७७ माघ २९ गते १८:२९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI