अब एमालेको बैठक छिटो बोलाउँछु : प्रधानमन्त्री ओली

NAWALPUR TIMES
प्रकाशित : २०७७ फागुन २४ गते ८:२४
अब एमालेको बैठक छिटो बोलाउँछु : प्रधानमन्त्री ओली

काठमाडौं, २४ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नाम विवादमा आइतबार सर्वोच्च अदालतले गरेको फैसलापछि प्रधानमन्त्री तथा तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब साबिक एमालेको बैठक बोलाउने बताएका छन् ।

सर्वोच्चको फैसलालगत्तै बालुवाटारमा बोलाइएको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको फैसलाअनुसार छिटै एमालेको बैठक बोलाइने जानकारी दिएका हुन् । बैठकमा प्रधानमन्त्री ओलीले आवश्यक परेमा आफूले विश्वासको मतसमेत लिएर देखाउने बताए ।

केही दिनभित्रै एमाले दलको बैठक बसेर नया राजनीतिक कोर्सबारे उपयुक्त निर्णय लिइने ओलीले स्पष्ट पारे । सर्वोच्चको फैसलापश्चात् प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष ओलीले अदालतको फैसला आफूहरूले मान्ने र कार्यान्वयन गर्ने प्रतिक्रिया दिएका छन् । अदालतको फैसलापश्चात् नेकपा ओली समूह खुसी देखिन्छ । तर, नेकपा दाहाल–नेपाल समूह अदालतको फैसलाले असन्तुष्ट देखिएको छ । याे खबर राजधानी दैनिकमा छ ।

प्रकाशित : २०७७ फागुन २४ गते ८:२४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI