कावासोती मेयर कप फुटबल : वडा नं १३ र वडा नं ५को विजयी सुरुवात

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत ३ गते १८:३४
कावासोती मेयर कप फुटबल : वडा नं १३ र वडा नं ५को विजयी सुरुवात

कावासोतीमा जारी मेयर कप फुटबल प्रतियोगिताको मंगलवार भएको तेस्रोे दिनको खेलमा वडा नं. १३ र ५ ले जित निकालेका छन् ।

कावासोती ५ मा रहेको नमूना खेल मैदानमा नकआउट सिष्टममा खेलाईएको खेलमा १३ ले वडा नं. १४ लाई र ५ ले वडा नं. ९ लाई पराजित गरेका हुन् ।

आज भएका २ खेलमध्ये पहिलो खेलमा १३ ले १४ लाई २–१ गोल अन्तरले हरायो । त्यस्तै, दोस्रो खेलमा ५ ले ९ लाई ११–० गोल अन्तरले पराजित गरेको हो ।

वडा नं. १३ र १४ बीच भएको पहिलो खेलको १३ औ मिनटमा वडा न १४ का जर्सी नम्बर १४ का खेलाडी सन्तोष श्रेष्ठले १ गोल गर्दै खाता खोलेका थिए । पहिलो हाफसम्म १ गोलले अग्रता लिएको वडा नं. १४ को समुह बिरुद्ध हाफपछिको २२ औ मिनेट र ३० औं मिनेटमा वडा नं. १३ को समुहबाट खेलेका जर्सी नं १३ का प्रकाश क्षेत्री र जर्सी नं. ९ का सनिल गुरुङले क्रमशः एक–एक गोल गर्दै २–१ गेल अन्तरले जित निकाले ।

यस्तै, वडा नं. ५ र ९ बीच भएको दोस्रो खेलमा खेल शुरु भएको ३ मिनेटमै वडा नं. ५ का जर्सी नं. १२ का लालबहादुर रानाले पहिलो गोल गरेका थिए भने जर्सी नं. ८ का रबि भण्डारीले ६ र २४ मिनेटमा २ गोल गरे । जर्सी नं. ९ का सरजित गुरुङले २२ र जर्सी नं. २२ का अनिष तामाङले २८ औं मिनेटमा एक–एक गोल गर्दै मध्यान्तर अगाडी नै ५–० गोलको फराकिलो अन्तर बनाएको हो ।

यस्तै, दास्रो हाफको ३ र २२ मिनेटमा सरजित गुरुङले, ४ र ३० मिनेटमा लाल बहादुर रानाले, ९ मिनेटमा जर्सी नं. १० का निशान परियारले र रबि भण्डारीले २३ मिनेटमा गोल गरे ।

आजको दोस्रो खेलमा वडा नं. ५ का खेलाडीहरु सरजित गुरुङ, लालबहादुर राना र रबि भण्डारीले ३–३ गोल गर्दै ह्याट्रिक गरे भने अनिष तामाङ र निशान परियारले १–१ गोल गरे ।

कावासोती नगरपालिका भित्रका १७ बटै बडाको प्रतिनिधित्व रहेको प्रतियोगितामा भोली बुधवारको पहिलो खेल वडा नंं १६ र १७ तथा दोस्रो खेल ३ र १५ बीच प्रतिस्पर्धा हुने नमुना युवा क्लव का अध्यक्ष प्रेम थापाले जानकारी गराउनु भयो । मेयर कपको आधिकारी मिडिया पाटनर रेडियो सामर्थ्य एफ एम रहेको छ ।

प्रकाशित : २०७७ चैत ३ गते १८:३४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI