नयाँ महान्यायाधिवक्तामा रमेश वडाल नियुक्त

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत ६ गते १५:३४
नयाँ महान्यायाधिवक्तामा रमेश वडाल नियुक्त

काठमाडौ । अधिवक्ता रमेश वडाल नयाँ महान्यायाधिवक्ता बन्ने भएका छन । प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्तिका लागि सिफारिस गरेपछि वडाल सरकारको मुख्य कानुनी सल्लाहकार महान्यायाधिवक्तामा नियुक्ति हुन लागेका हुन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने प्रावधान छ । पछिल्लो नेकपा विवादमा कानून व्यवसायीहरू धेरेजसो दाहाल नेपाल पक्षमा उभिँदा बडालले ओलीलाई साथ दिएका थिए । उनी निर्वाचन आयोगमा केपी ओलीको प्रतिनिधिका रूपमा समेत जाने गरेका थिए । अग्नि खरेलले आज महान्यायाधिवक्ताबाट राजीनामा गरेपछि रिक्त स्थानमा बडाललाई जिम्मेवारी दिइन लागेको हो । बडाल नेकपा एमालेको जनवर्गीय संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय सचिव हुन् । उनी श्रम कानूनका विज्ञ मानिन्छन् । बडाल सक्षम र विवादरहित कानून व्यवसायीका रूपमा परिचित छन् ।

प्रकाशित : २०७७ चैत ६ गते १५:३४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI