नेपाल जेसीजद्वारा हेटौंडा अस्पताललाई १ सय १ थान अक्सिजन सिलिण्डर सहयोग

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ १२ गते १४:१०
नेपाल जेसीजद्वारा  हेटौंडा अस्पताललाई १ सय १ थान अक्सिजन सिलिण्डर सहयोग

हेटौडा : नेपाल जेसीजले हेटौंडा अस्पताललाई १ सय १ थान अक्सिजन सिलिण्डर सहयोग स्वरुप उपलब्ध गराएको छ ।
हेटौंडा अस्पतालमा बुधबार आयोजित एक कार्यक्रममा नेपाल जेसीजका राष्ट्रीय अध्यक्ष अरुणेश्वर खनालले हेटौंडा अस्पतालको संचालक सस्था मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईलाई ति सिलिण्डर हस्तान्तरण गर्नुभएको हो ।


“महामारीका बेलामा आफ्नो दावित्व सम्झेर हामीले हेटौडा अस्पताललाई सहयोग गरेका हौं , हामी मानवताको सेवालाई सर्वोत्तम कार्य मान्छौं , सोही अनुसार सहयोग हस्तान्तरण गरिएको हो ।” राष्ट्रीय अध्यक्ष खनालले भन्नुभयो । खनालले आगामी दिनमा देशका अन्य भागमा पनि क्रमैसंग सहयोग उपलब्ध गराईने बताउनुभयो । खनालले आफुहरुले उपलब्ध गराएको अक्सिजन सिलिण्डरले हेटौंडा अस्पतालाई उपचारमा सहयोग पुग्ने बिश्वास आफुहरुले लिएको बताउनुभयो ।

प्रकाशित : २०७८ जेठ १२ गते १४:१०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI