बजेट २०७८/७९ : नवलपुरमा सबै भन्दा धेरै बजेट कावासोती नगरपालिकालाई

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ १६ गते १४:४८
बजेट २०७८/७९ : नवलपुरमा सबै भन्दा धेरै बजेट कावासोती नगरपालिकालाई

कावासोती  । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को लागि सरकारले १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट ल्याएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले शनिबार सार्वजनिक गरेको नयाँ बजेटमा ७ प्रदेशमा १ खर्ब ३ अर्ब ७० करोड र ७५३ स्थानीय तहमा २ खर्ब ८३ अर्ब १ करोड हस्तान्तरण गरिएको छ ।

वित्तीय सामान्यीकरण, समपूरक, सशर्त र विशेष अनुदान शीर्षकमा सो बजेट छुट्याइएको हो ।

 

बजेटमा नवलपुरका  स्थानीय तह

समानिकरण अनुदान, सर्शत अनुदान, विशेष अनुदान र समपुरक अनुदान गरि नवलपुर आठ स्थानीय तहलाई चालु तर्फ दुई अर्ब ९१ करोड ६२ लाख र पुँजीगत तर्फ ३७ करोड ८७ लाख रकम प्रदान गरेको हो ।

नवलपुरको आठ स्थानीय तह मध्य सबै भन्दा बढी कावासोती नगरपालिकालाई ५९ करोड ७९ लाख बजेट विनीयोजन भएको छ । चालु तर्फ ५० करोड सात लाख र पुँजीगत तर्फ ९ करोड ७१ लाख बजेट प्रादन गरिएको छ ।

गैंडाकोट नगरपालिकालाई ४६ करोड ३१ लाख चालु तर्फ र ५ करोड १३ लाख पुँजीगत गरि कुल ५१ करोड ४४ लाख बजेट विनीयोजन गरिएको छ ।

देवचुली नगरपालिकालाई ३९ करोड ३३ लाख चालु तर्फ र चार करोड ५९ लाख पुँजीगत गरि कुल ४३ करोड ९२ लाख बजेट प्रदान गरिएको छ ।

मध्यविन्दु नगरपालिकालाई ४९ करोड ४७ लाख बजेट विनियोजन गरिएको छ । चालु तर्फ ४३ करोड ४० लाख र पुँजीगत तर्फ ६ करोड सात लाख बजेट प्रदान गरिएको हो ।

हुप्सेकोट गाउँपालकालाई २६ करोड ८७ लाख चालु तर्फ र ५ करोड ६८ लाख पुँजीगत गरि कुल ३२ करोड ५५ लाख बजेट विनीयोजन गरिएको छ ।

विनयीत्रिवेणी गाउँपालिकामा ३२ करोड ९२ लाख चालु तर्फ र २ करोड ५१ लाख पुँजीगत गरि कुल ३५ करोड ४३ लाख बजेट विनीयोजन गरिएको छ ।

 

बौदींकाली गाउँपालिकालाई २३ करोड ८१ लाख चालु तर्फ र १ करोड ८० लाख पुँजीगत गरि कुल २५ करोड ६१ लाख बजेट विनीयोजन गरिएको छ ।

 

बुलिङ्गटार गाउँपालिकालाई २८ करोड ९१ लाख चालु तर्फ र २ करोड ३७ लाख पुँजीगत गरि कुल ३१ करोड २८ लाख बजेट विनीयोजन गरिएको छ ।

प्रकाशित : २०७८ जेठ १६ गते १४:४८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI