चौधरी उद्योगको बियर प्लान्टमा आगलागी

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ १९ गते १०:५५
चौधरी उद्योगको बियर प्लान्टमा आगलागी

नवलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिका २ मा रहेको चौधरी उद्योग ग्राममा बिहान ८ बजे सुरु भएको आगलागी अझै नियन्त्रणमा आएको छैन ।

उद्योग प्रशासन प्रमुख दामोदर पौडेलले बिहान ८ बजेबाट आगो लाग्न सुरु गरेको र अहिले नियन्त्रण बाहिर रहेको बताए । उद्योगको बियर प्लान्ट र गोदाममा आगलागी भएको हो ।
उनका अनुसार अहिले दमकल, नेपाली सेना, प्रहरी र कर्मचारीहरुको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ ।

उनले आगलागीको कारण अहिले थाहा नभएको पनि बताए ।

प्रकाशित : २०७८ जेठ १९ गते १०:५५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI