स्थानीयबासिन्दा र प्रहरीबीच झडपपछि पूर्वी चितवन राजमार्गमा कर्फ्यु

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार २२ गते २०:०३
स्थानीयबासिन्दा र प्रहरीबीच झडपपछि पूर्वी चितवन राजमार्गमा कर्फ्यु

चितवन । राप्ती नगरपालिका–३ कि सुजिता भण्डारीको मृत्युपछि आन्दोलित स्थानीयबासिन्दा र प्रहरीबीच मंगलबार झडप भएसँगै पूर्वी चितवनमा कर्फ्यू लगाइएको छ । सुजिताको भण्डारीको मृत्युको घटना अनुसन्धानको माग गर्दै आन्दोलित स्थानीयवासिन्दाले राजमार्ग अवरुद्ध गरेपछि दुई पक्षबीच झडप भएको थियो । झडपपछि अवस्था जटिल बनेपछि प्रहरीले कर्फ्यू लगाएको हो ।

प्रहरीले राप्ती नगरपालिका–४ डढुवासम्मको राजमार्गको दाँयाबाँया ५०० मिटर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ ।

स्थानीय वासिन्दाले पूर्वपश्चिम राजमार्ग दिउँसो ३ बजेदेखि अवरुद्ध गर्दै आएका थिए । तर, प्रहरीले राजमार्ग खुलाउन खोज्दा दुईबीचमा भएको झडप हुन गएको थियो ।

झडपमा परी नेपाल प्रहरीका २ जना र सशस्त्र प्रहरीका २ जना घाइते भएका छन् । हाल राजमार्गमा कर्फयु लगाइएपनि स्थानीयवासिन्दाले आन्दोलन चर्काइरहेका छन् ।

प्रहरीले भने घटनाको गहिरो अनुसन्धान भइरहेकाले राजमार्ग बन्द गरेर अन्य सर्वसाधारणलाई दुःख नदिन अनुरोध गरेको छ । तर, आन्दोलित स्थानीयवासिन्दाले घटनाको अनुसन्धानको माग गर्दै आन्दोलन चर्काएको छ ।

प्रकाशित : २०७८ असार २२ गते २०:०३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI